कोहलपुर, माघ ९,
बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ३ को नुरी लगायत गाउँका नागरिकले सहज किसिमले हिड्ने बाटो पनि नभएको भन्दै गुनासो गरेका छन् ।
विकट भौगोलिक क्षेत्रमा सडकको सुविधा पुगेको छैन । सडक सुविधा नपुगेको कतिपय स्थानमा हिँडडुल गर्नको लागि बाटोको समेत सुविधा नहुँदा नागरिकले कष्ट खेपिरहेका छन् । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ३ को नुरी लगायत गाउँका नागरिकहरू भिरको बाटो कष्ट झेल्दै हिड्न बाध्य छन् । नुरी पुग्न कोल्टी विमानस्थलबाट करिब एक दिनको पैदल हिड्नुपर्छ ।
जहाँ सडक र यातायातको पहुँचसँगै पैदल हिड्नको लागि समेत सजिलो बाटो समेत नभएको स्थानीयवासीले गुनासो गरे । वडा नम्बर तीनको नुरी, तलीगोठी, कालगोठी लगायतका ठाउँमा जान स्थानीयले खोलाको छेउछाउमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । अफ्ठ्यारोे बाटो हुँदै बिरामी र सुत्केरीलाई उपचारका लागि कोल्टी पु¥याउनु थप कष्ट हुने गरेको बुढीनन्दा तीनका कर्णलाल रोकायाको भनाइ छ । गत वर्ष जोखिमपूर्ण बाटोमा हिड्दा लडेर १५ जना घाइते भएका थिए भने चालु आर्थिक वर्षमा मात्रै ५ जना घाइते भएका छन् ।
बुढीनन्दा नगरपालिकाले यो वर्ष भवानिमाडु, चालेपानी, टाकाँ, कालगोठि लगाएत क्षेत्रको बाटो निमार्ण गर्न ३० लाख बजेट छुट्याएको वडा नम्बर तीनका वडाअध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए ।