कोहलपुर, माघ ८,

आईतबार सोनाम ल्होछार पर्व तामाङ समुदायले नयाँ वर्षको रूपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।

ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published.