कोहलपुर, माघ ७,

सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीको सरूवा गरेको छ ।

गृहमन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्राङ्कित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना कर्मचारीहरूको काज सरूवा गरेको हो । जसअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलरलगायतसम्मका ७० कर्मचारीको सरुवा भएको छ ।

यसमा ५० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत भएका छन् । मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरबारका महानिर्देशक तिर्थराज भट्टराईलाई पठाइएको छ । यसअघि मोरङका प्रजिअ काशीराम दाहाललाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरूवा गर्दा भक्तपुरका रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा सरूवा गरिएको छ । यस्तै चितवनका आशमान तामाङलाई गृह मन्त्रालयमा सरूवा गरेर सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । झापामा शिवराम पोखरेल, दाङमा सुशिल वैद्य तथा सुनसरीमा काभ्रेका हुमकला पाण्डेलाई पठाइएको छ ।

Leave a Reply

Your email address will not be published.