कोहलपुर, माघ ७,

इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज प्रदेश १ र सुदूरपश्चिमबिच प्रतिस्पर्धा हुँदैछ ।

हिजो भएका सेमिफाइनल खेलहरूमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै प्रदेश १ तथा मधेश प्रदेशलाई १ सय १४ रनले पराजित गर्दै सुदूरपश्चिम फाईनलमा प्रवेश गरेका हुन् ।

फाईनल खेल दिउँसो १२ बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.