कोहलपुर, पुष २३,
लक्ष्य बहुउद्देश्य सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधरण सभा सम्पन्न भएको छ ।
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ सहकारीको चौथो वार्षिक साधरण सभा सम्पन्न गरीएको हो । सहकारीका अध्यक्ष्य पुष्पराज हमालको अध्यक्ष्तामा भएको कार्यक्रममा लक्ष्य बहुउद्देश्य सहकारी संस्थाले छोटो समयमा प्रगतीशिल कार्यहरु सफल गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि तथा सहाकरी अभियान्ता, बहुउद्देश्य जिल्ला सहकारी संघ अध्यक्ष भुपेन्द्र अधिकारीले यस संस्थाको थप सफल कार्यकालको शुभकामना दिएका थिए ।
सरकारले सबै वर्गलाई समोचित न्याय दिन नसकेको अवस्था, समाजमा रहेको विभेदको अन्तका लागि यो संस्थाले महत्वपूर्ण भुमिका खेलेको प्रति प्रमुख अथिती आचार्यले धन्यवाद दिएका थिए । स्थानिय सरकारले संस्थाहरुसँगको सहकार्य र समन्वय गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सहकारीका अध्यक्ष्यले हमालले यस विद्यमान विसम परिस्थिति र असहज वातावरणमा संस्थाका पदाधिकारी, कर्मचारी, शेयर सदस्यहरु र व्यवस्थापन पक्षले जुन कार्य सम्पादन, आत्मविश्वास, परिश्रम र मिहेनतलाई निरन्तरता दिई कार्य क्षमता प्रदर्शन गर्नु भई संस्थालाई प्रगति पथमा लम्काउन सहयोग र समर्थन गर्नु हुने सम्पूर्णलाई कृतज्ञता व्यक्त गरे ।
उनले आगामी दिनमा पनि यहाँहरुको यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताएका छन् । कार्यक्रममा उपििस्थत बक्तहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । सहकारी संस्थाले आगामी दिनमा बचत संकलनमा प्रभावकारी बनाउन आवश्यक शिक्षा दिई बजार सहज कर्तालाई अझ सक्षम र सवल बनाउने लक्ष लिएको हमालले बताएका छन् । कार्यक्रममा, शेयर सदस्य, पधाधिकारी, पत्रकार स्थानिय नागरीकको सक्रिय भुमिका रहेको थियो ।