बिधुत्मा रैका,
कोहलपुर, पुष २२,

मेची महाकाली बुहारी सयुक्त आवाज बाँकेले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मार्फत निर्वाचित प्रतक्ष्य तथा समानुपातिक सभाषदहरुलाई सम्मान गरेको छ ।

बाँके क्षेत्र नम्बर १ बाट प्रतक्ष्य तथा समानुपातिक तर्फका लुम्बिनी प्रदेश सांसद कृष्णा के.सी. नमुना, बसन्ती अधिकारी तथा संञ्जु कुमारी चौधरीलाई मेची महाकाली बुहारी सयुक्त आवाजले सम्मान गरेको हो । सयुक्त आवाजका अध्यक्ष उर्मिला पाण्डे लगायतका पदाधिकारीहरुले माननिय महिला सभाषद तथा संस्थाका सल्लाहकार सदस्यहरुलाई अबीर, खादा तथा फूल दिएर सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै सभाषद कृष्णा के.सी. नमुनाले बाँके जिल्लाको समग्र विकाससँगै महिलाहरुका समस्या समाधानका लागि राज्यसँग नीतिगत पहल गर्ने बताएकी छन् । र्नुपर्ने बताएका छन् । आफू सधै मेचि महाकाली बुहारी सयुक्त आवाज सँग नजिक रहने बताईन् । महिलाको हक अधिकारका लागि निरन्तर वकालत गर्दै आएको बताउँदै कुनै समस्या परे आफूलाई भन्न आग्रह गरिन् ।

कार्यक्रममा सभाषद बसन्ती अधिकारीले महिलाका अदृश्य समस्याहरुलाई समाधान गर्नको लागि नीतिगत रुपमा भन्दा पनि पुरुषवादी सोचमा परिवर्तन गर्न जरुरी रहेको बताइन् । उनले महिलाहरुको आर्थिक सशक्तिकरणका लागि थप प्रभावकारी ढंगबाट परिचालन हुने बताईन् । भौतिक पूर्वाधार विकाससँगै सामाजिक तथा महिलाहरुको आर्थिक जनजीवनको पनि विकास गर्न जरुरी रहेको अधिकारीले बताईन् ।

कार्यक्रममा सञ्जु कुमारी चौधरीले पछिल्लो समय महिलाहरु पनि नेतृत्व तहमा पुगेको बताईन् । महिलाहरुका समस्या समाधान, आवश्यकता पुर्तिका लागि महिला नेतृत्व तहमा पुग्न जरुरी रहेको बताईन् । उनले आगामी दिनमा आफूले महिलालाई आत्मनिर्भर बनाउन सशक्त ढंगबाट काम गर्ने बताईन् । मेची महाकाली बुहारी सयुक्त आवाज बाँकेले विगतका वर्षहरुदेखि महिलाको अधिकारलाई समाजिक, आर्थिक, राजनैतिक मुद्दाको रुपमा उठान गर्दै आइरहेको छ ।

आर्थिक सशक्तिकारका लागि विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा चेतनामुलक कार्यहरु समेत गर्दै आईरहेको समूहले जनाएको छ । कार्यक्रममा समुहका अध्यक्ष उर्मिला पाण्डे, सबिच प्रमिला शाही, कोषध्यक्ष प्रेमिका शाही, सदस्य बिष्णु पाण्डे, कौशिला बस्नेत, प्रेस सल्लाहकार उषा शर्मा, प्रदेश सह–संयोजक रेणुका खड्का लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.