कोहलपुर, पौष २०,
विश्व हिन्दु युवा संघको आयोजनामा दशौं राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसर पारेर ललितकला विभागले राष्ट्रिय चित्रकला प्रतियोगिता २०७९ को उत्कृष्ट ३३ कलाकृर्तिहरू र कलाकारहरुको नाम घोषणा गरेको छ ।
‘गोरक्षनाथ, गाई, गाजा, गाउँ र ज्ञान’ शिर्षकमा प्राप्त कलाकृतिहरूलाई नौ जना निर्णायकहरु रबिन कोइराला, महेश आचार्य, नगेन सिंह, ज्योति प्रकाश, मन गुरुङ, ढाका भट्टराई, विक्रम शिशिर, श्याम श्रेष्ठ र गोपी श्रेष्ठले निर्णय गरेका थिए ।
सामाजिक संजाल अन्तर्गत फाइन आर्ट फेसबुक नेशनल अवार्ड ललितकला फेसबुक राष्ट्रिय पुरस्कारतर्फ तिनै तहका उत्कृष्ट ९ कलाकृर्तिहरू र कलाकारहरुको नाम प्रकाशित गरेको हो भने बाँकी चार सोसल मिडिया अवार्ड पब्लिक भोटिङ २०७९ माघ १५ गतेसम्म राखिएको विश्व कला यात्री प्राज्ञ नगेन सिंहले जानकारी दिए ।
उत्कृष्ट ३३ कलाकारहरूको नाम
१. खुल्ला कलाकार तह ( गोपाल ओझा (पाँचथर), सरुना देवि महर्जन (ललितपुर), सुरज सुवेदी (बाँके), दीपक चन्द (सुर्खेत), रोजन खड्का (ललितपुर), अर्जुन परियार (बाग्लुङ्ग), डा. खेम राज मल्ल (दाङ) र कृष्ण कुमार श्रेष्ठ (सुनसरी) ।
२. +२ एंव क्याम्पस तह अभिक्क्षा तामाङ (धनकुटा), भगवत बुढाथोकी (रामेछाप), नरेशसिंह विष्ट (दार्जुला), रूपक राई (सुनसरी), अनुसुया बराल (कास्की), मोनिका श्रीस (रुपेन्देही), अन्शु चन्द (बांक) र आयुष बटाजु (कास्की) ।
३. विद्यालय तह रिज श्रेष्ठ (सर्लाही), यशोविना कार्की (धनकुटा), नज्योशा सिंह ठकुरी (कास्की), आयुस्मा पाण्डे (रुपेन्देही), सुभब न्यौपाने (रुपेन्देही), प्रियंका गुरुङ (कास्की), निर्णाण बराल (कास्की) र दिपा केशरी (रुपेन्देही)
४. ललितकला फेसबुक राष्ट्रिय पुरस्कार २०७९ सरुना देवि महर्जन ( ललितपुर), अर्जुन परियार (बाग्लुङ्ग), डा. खेम राज मल्ल (दाङ), मिक्सेन लिम्बु (धनकुटा), स्मीबुङ राई (सोलुखुम्बु), सुजन सिंह (स्याङ्जा), भूषण राज राज भण्डारी (कास्की), नरेश सिंह विष्ट (दार्जुला) र मोनिका श्रीस (रुपेन्देही) ।
पुरस्कार वितरण २०७९ फागुन ६ गते महाशिवरात्रीका दिन मृगस्थली, काठमाण्डौमा हुने विश्व हिन्दु युवा संघको अध्यक्ष ऋषिकेषजंग शाहले बताए ।