कोहलपुर, पुष १५,

राहदानी विभागमा सेवाग्राहीको चाप बढ्दै गए पनि व्यवस्थापन गर्न सकिएको छैन ।

द्रुत मार्गबाट राहदानी बनाउन चाहनेहरू दैनिक ८ हजारभन्दा बढी विभागमा पुग्ने गरेका छन् । तर विभागसँग २ हजार राहदानी वितरण गर्ने क्षमता छ । दैनिक औषतमा ६ हजार जना सेवाग्राही थपिँदा विभागमा थेगिनसक्नुको भिड र सेवाग्राहीलाई खपिनसक्नुको सास्ती हुने गरेको हो । ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ५ हजार रुपैयाँ तिरेर राहदानीका लागि फारम बुझाउन र राहदानी लिन मिल्ने भएपनि त्यसका लागि बढीमा एक महिना कुनुपर्ने भएपछि नागरिक १२ हजार रुपैयाँ तिरेर छिटो राहदानी बनाउन काठमाडौँ आउने गरेका छन् ।

राहदानी विभागले भने अत्यावश्यक परेकाहरू बाहेकलाई राहदानी बनाउन काठमाडाँै नआइदिन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी लिन विभागका प्रवक्ता दुरपदा सापकोटाले अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published.