कोहलपुर, पुष १५,

कोहलपुरका गुरुङ समुदायले शुक्रबार ल्होसार पर्व मनाउँदै छन् ।

गुरुङ समुदायमा पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतुले पुस १५ मा यो पर्व मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको जानकारहरू बताउँछन । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् । आजको दिन गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिन्छन् ।

यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गरिन्छ । सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएका अवसरका रूपमा हर्षोउल्लासका साथ मनाउने गरिन्छ । शुक्रबार कोहलपुरको तेह्र विगाहमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बिहानै उनीहरुको कोहलपुर बजारमा र्यालीसमेत निकालेका थिए ।

Leave a Reply

Your email address will not be published.