कोहलपुर, पुष १२,
छैठौं नगरस्तरिय मेयरकप रनिङ्गशिल्ड प्रतियोगिता भब्य र सभ्य रुपमा सोमबार सम्पन्न भएको छ ।
यस प्रतियोगितामा उत्साह पुर्बक कोहलपुर नगरपालिकाका सम्पुर्ण बिद्यालयको सहभागिता रहनुले कोहलपुरको गरिमा बढाएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन् । खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले अनुशासित रुपमा सम्पुर्ण खेलहरु उल्लासमय तरिकाले सम्पन्न भएकोमा खुशी व्यक्त गरे । आचार्यले खेलाडिहरुले पालिका, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म कोहलपुरको पहिचान बढाउनका विद्यालयले खेल सप्ताह अनिवार्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कोहलपुरमा सम्पन्न भएको छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगितामा त्रिभुवन नमूना माविले उपाधि जित हात पारेको छ । तेस्रो, चौथोे र पाँचौ रनिङ्ग शिल्ड गोर्खा स्कुलले जित हात पारेको थियो तर यस पटक भने त्रिभुवन नमूना माविले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
प्रतियोगिताको त्रिभूवन नमूना माध्यमिक विद्यालयले ७ स्वर्ण, ४ रजत र २ कास्य प्राप्त गरी प्रथम स्थान ल्याउन सफल भएको छ । यस्तै ग्रिनपिस मावि चप्परगौडीले ५ स्वर्ण, ३ रजत, ६ कास्य प्राप्त गरी द्धितीय स्थान ल्याउन सफल भएको थियो भने डायनामिक माविले ४ स्वर्ण, २ रजत र ४ कास्य प्राप्त गरी तृतीय स्थान ल्याउन सफल भएको छ । ग्रिन पिस मावि द्धितीय यसैगरी प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडी डायनमिकमा वि.का प्रतीक सुनार र छात्रातर्फ उत्कृष्ट खेलाडी ग्रिन पिस माविका तुलसा दमाई रहेका छन् ।
विजयी विद्यालय र खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुवेदी, कोहलपुर नपरपालिका कोहलपुर नगर खेलकुद विकास समितिका बुद्धि थापा, कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाल, राखेपका सदस्य एलवि क्षेत्री लगायतले शिल्ड तथा पुस्कार वितरण गरेका थिए । डाइनामिक मावि द्धितीय ग्रीनपिसकी तुलसा दमाई उत्कृष्ट खेलाडीको रुपमा घोषणा भएकी छिन् भने उनले नगर प्रमुख पुर्ण प्रसाद आचार्यको व्यक्तिगत तर्फबाट रु ५१ हजार नगद समेत प्राप्त गरिन् ।
आचार्यले उत्कृष्ट खेलाडीलाई व्यक्तिगत ५१ हजार दिएका हुन् । खेलकुद प्रतियोगितामा सबैभन्दा बढि गोल्ड मेडल प्राप्त गर्ने खेलाडीलाई नगद ५१ हजार रुपैया व्यक्तिगत रुपमा दिएको आचार्यले बताए । खेल उद्घाटनका क्रममा उनले उत्कृष्ट खेलाडीलाई ५१ हजार दिने घोषणा गरेका थिए । प्रतियोगिताको त्रिभूवन नमूना माध्यमिक विद्यालयले ७ स्वर्ण, ४ रजत र २ कास्य प्राप्त गरी प्रथम स्थान ल्याउन सफल भएको छ । यस्तै ग्रिनपिस मावि चप्परगौडीले ५ स्वर्ण, ३ रजत, ६ कास्य प्राप्त गरी द्धितीय स्थान ल्याउन सफल भएको थियो भने डायनामिक माविले ४ स्वर्ण, २ रजत र ४ कास्य प्राप्त गरी तृतीय स्थान ल्याउन सफल भएको छ ।
विजयी विद्यालय र खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुवेदी, कोहलपुर नपरपालिका कोहलपुर नगर खेलकुद विकास समितिका बुद्धि थापा, कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाल, राखेपका सदस्य एलवि क्षेत्री लगायतले शिल्ड तथा पुस्कार वितरण गरेका थिए । समाहरोमा नगर उप प्रमुख संगिता सुवेदीले युवाहरु खेलकुदप्रति रुचि बढेको बताइन् । सबै विद्यालयहरुलाई खेलकुदलाई प्राथमिकता दिन विद्यालयहरुलाई आग्रह गरिन् ।
यस्तै प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका संयोजक तथा कृष्ण माध्यमिक विद्यालयका प्रअ दिलिप वलीले खेदकुदलाई भव्य, सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालनमा सहयोग पु¥याउनुहुने सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयका प्रअ, विव्यस अध्यक्ष र खेलकुद समितिका संयोजक र सदस्य लगायत सम्पूर्ण खेल गुरुहरुलाई समेत धन्यवाद व्यक्त गरेका थिए ।
यस्तै प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका संयोजक तथा कृष्ण माध्यमिक विद्यालयका प्रअ दिलिप वलीले खेदकुदलाई भव्य, सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालनमा सहयोग पु¥याउनुहुने सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयका प्रअ, विव्यस अध्यक्ष र खेलकुद समितिका संयोजक र सदस्य लगायत सम्पूर्ण खेल गुरुहरुलाई समेत धन्यवाद व्यक्त गरेका थिए ।