कोहलपुर, पुष ११,
कोहलपुरमा जारी छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगितामा छात्रातर्फको कबड्डि हुँदैं छ ।
नेरामावि र कृष्ण मावि फाइनको लागि छात्रातर्फको कबड्डिमा भिड्न लागेका हुन् । डायनामिक र नेरामाविको पहिलो खेलमा नेरामाविले जित हात पारेको थियो भने निम्बल र कृष्ण माविको दोस्रो खेलमा कृष्ण माविले जित हात पारेको आयोजकले जनाएको छ ।
यस्तै छात्र तर्फको कबड्डी खेलमा रामजानकी र गोर्खा सेमिफाइलमा प्रवेश गरेका छन् भने नेरामावि र कृष्ण मावि सेमिफाइनलमा प्रवेश गरेका छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ यहि पुष ८ गतेदेखि सञ्चालन भएको अन्तिम दिन सोमबार विहान करिब ८ बजेदेखि खेलहरु सुरु भएका छन् ।
प्रतियोगितामा १५ विधा छन् भने कोहलपुरका सामुदायिक र संस्थागत ३७ विद्यालयका ८ हजार १९ सय बढी सहभागी छन् । प्रतियोगिता भोलि करिब १ बजेदेखि समापनको कार्यक्रम हुनेछ ।