कोहलपुर, पुष ११,

कोहलपुरमा जारी खेलकुद प्रतियोगितामा आइतबार भएको छात्र भलिबलतर्फ पहिलो खेलबाट नमूना विद्या सदनलाई हराउँदै त्रिभुवन नमूना मावि सेमिफाइलमा पुगेको छ ।

कोहलपुर नगरपालिकामा सञ्चालन भइरहेको छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगिताको भलिबल विधामा नमूनालाई हराउँदै त्रिभुवन सेमिफाईनल प्रवेश गरेको हो । यस्तै भने दोस्रो खेलमा डाईनामिकलाई हराउँदै कृष्ण मावि सेमिफाइनमा पुगेको हो ।

यस्तै छात्र भलिबलतर्फ तेस्रो खेलमा नेपाल राष्ट्रिय माविलाई हराउँदै साइनिङ्ग स्टार सेमिफाइनमा पुगेको थियो भने चौर्थो खेलमा एभरेष्ट सैनिकलाई हराउँदै ब्राईटलाईट सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै छात्रा भलिबल तर्फ डायनामिक र कृष्ण मावि सेमिफानलमा प्रवेश गरेका छन् भने बागेश्वरी माविव र नमूना मावि सेमिफाइनमा प्रवेश गरेका छन् । २ सामुदायिक र २ संस्थागत विद्यालय सेमिफाइनलमा प्रवेश गरेका हुन् । बाँकी रहेका खेल सोमबार भैरहेका छन् ।

प्रतियोगितामा १५ विधा छन् भने कोहलपुरका सामुदायिक र संस्थागत ३७ विद्यालयका ८ हजार १९ सय बढी सहभागी छन् । प्रतियोगिता सोमबार (आज) समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published.