कोहलपुर, पुष १०,

शिक्षा स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलगायत क्षेत्रको विकासका लागि पहल गर्ने बाँकेका सांसदले योजना बनाएका छन् ।

उनीहरूले जिल्लाको विकासका लागि पहल गर्ने योजना बनाएका हुन् । बाँकेबाट प्रत्यक्षतर्फ सङ्घीय संसदमा ३ र प्रदेश संसदमा ६ जना तथा समानुपातिक तर्फबाट ११ जना सांसद निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका तर्फबाट पहिलोपटक प्रदेश सभामा प्रतिनिधित्व गर्न लागेका अम्बिका काफ्लेले कृषिको विकास र गुणस्तरीय शिक्षाको व्यवस्थाका साथै र महिला हिंसा र विभेद कम गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको बताईन् ।

माओवादी केन्द्रका कृष्ण केसीले पहिलो कार्यकालका अधुरा काम पूरा गर्नुका साथै सबैसँग सहकार्य गरी नयाँ योजना पनि सुरू गर्ने बताईन् । बाँकेबाट प्रतिनिधित्व गर्ने सङ्घ र प्रदेशका २० जना सांसदमध्ये १२ जना महिला छन् । नेकपा एमालेका तर्फबाट सङ्घीय संसदमा निर्वाचित सांसद दीपा शर्माले विभिन्न समुदायका समस्या हल गर्दै मानवीय विकासमा काम गर्ने योजना बनाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पहिलो पटक सांसद बनेकी लक्ष्मी तिवारीले जिल्लाको विकासका लागि सबै दल र जनप्रतिनिधिसँग हातेमालो गर्दै अघि बढ्ने बताईन् ।

Leave a Reply

Your email address will not be published.