कोहलपुर, पुष १०,
बाँकेको कोहलपुरमा इसाई धर्मावलम्बीहरूले आईतबार सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमस मनाउँदैछन् ।
इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ हरेक वर्ष मनाउने प्रचलन रहेको छ । यस अवसर कोहलपुरका विभिन्न चर्च मण्डलीहरुमा यस धर्ममा आश्थावानहरु शुभकामना आदान प्रदान गर्दै मनाईरहेका छन् ।
अल्फा फउण्डेशनका अध्यक्ष कुल प्रसाद शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने उनको विश्वास छ ।
अल्फा फाउण्डेशनका सचिब तथा पास्टर हरिहर चौधरीले क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरे । उनले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।