बिधुत्मा रैका,
कोहलपुर, पुष ८,

अल्फा फाउण्डेशनले बाँकेको राँझा स्थित नयाँवस्तीका विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ ।

आउँदै गरेको क्रिसमसको अवसरमा ‘ख्रीष्टमस राहत कार्यक्रम’ को आयोजना गर्दै शुक्रबार राहत वितरण गरेको हो । राझाँ स्थित नयाँवस्तीका आर्थिक रुपमा पछि परेका, शारिरिक रुपमा अपाङ्ग भएका तथा विपन्न परिवारलाई नयाँवस्ती ख्रीष्टमस मण्डली (एनबि सिसि)को आयोजना तथा अल्फा फाउण्डेशनको समन्वयमा राहत वितरण गरिएको हो ।

अल्फा फउण्डेशनका अध्यक्ष कुल प्रसाद शर्माको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा संस्थाका सचिब हरिहर चौधरीले अल्फाको राहत वितरणले इसाई धर्मावलम्बीले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको बताएका छन् । चौधरीले क्रिसमसका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति र समृद्धिका लागि शुभकामना सन्देश दिदै यस्ता कार्यक्रमहरुले आपसी विश्वास र सद्भावको अभिवृद्धि भई समुन्नत सामाजिक संरचनाको निर्माण गर्ने कार्यमा महत्वपूर्ण टेवा मिल्ने बताए ।

उनले इसाई समुदाय मात्रै नभई सम्पूर्ण समुदायलाई बिगत देखि नै सहयोग गर्दै आइरहेको बताउँदै आउँदा दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अल्फा फाउण्डेशनको स्थापना भएको छोटो अवधीमा विपन्न परिवारका लागि राहत कार्यक्रम राखेको भन्दै समुदाय बिच बन्धुत्व र एकताको भावना बढाउने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै सल्लाहकार सदस्य मिलन रोकायले क्रीस्चियनको बाइबल केही अध्ययन गरेको स्मरण गर्दै इसाई धर्म प्रती आफ्नो उच्च सम्मान रहेको बताए । ईसाई धर्मले आफु मात्रै नभई छरछिमेकीहरुलाई पनि प्रेम गर्नुपर्ने बताए । उनले प्रभु यशुले हामी सम्पूर्ण मानव जातिलाई प्रेम गरिरहेका कारण खुशी प्राप्त गरिरहेको बताए ।

कार्यकारी निर्देशक होमराज खनाल, अल्फा फाउण्डेशनका म्यानेजिङ डाईरेक्टर विवेक कुमार दास, सदस्य ईन्द्र बि।म। सदस्य दिपक नेपाली लगायतको सहभागिता रहेको थियो कार्यक्रममा करिब ३५ बढी विपन्न परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री दिईएको हो ।

Leave a Reply

Your email address will not be published.