कोहलपुर, पुष ५,

नेपाल प्रहरीका २३ जना प्रहरी उपरीक्षक ‘एसपी’ हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार सूचना निकाल्दै २३ एसपीहरुको काज सरुवा गरिएको जनाएको छ । बाँकेका एसपी श्यामकृष्ण अधिकारी सरुवा भएको जिल्ला भएको छ । अधिकारी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल रुपन्देही सरुवा भएका हुन् ।

काज सरुवामा बाँके प्रहरी प्रमुखमा एसपी सन्तोषसिंह राठौर आउने भएका छन् । यस्तै नेपाल प्रहरीका ९ जना प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ हरूको पनि काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार सूचना निकाल्दै ९ डीएसपीहरूको आवश्यकता अनुसार काज सरुवा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.