कोहलपुर, पुष ५,

निर्वाचन आयोगले आगामी फागुनभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस बारेमा जानकारी दिनुभएको हो । निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ऐन बनाउन मस्यौदा तयार गरिएको उहाँको भनाइ छ । अबको संसद बैठकमा ऐन बनाउने काम हुने थपलियाले उल्लेख गरे ।

उनले यस वर्ष भएको ३ तहको निर्वाचनमा महिला सहभागिता अन्तर्गत स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश तहमा ३६ प्रतिशत र प्रतिनिधि सभामा ३३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएपनि सो संख्या पर्याप्त नभएको धारणा राखे ।

Leave a Reply

Your email address will not be published.