कोहलपुर, पुष ५,
बाँकेको कोहलपुरमा छैटौं नगर स्तरीय मेयर कप रनिङशिल्ड तथा पन्ध्रौं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट खेलकुद प्रतियोगिता हुने भएको छ ।
आउँदो पुष ८ गतेदेखि सुरु भएर पुष ११ गतेसम्म प्रतियोगिता समापन हुने कोहलपुर नगरपालिकाले जनाएको छ । ‘विकास, अनुशासन र गतिशिलता’ भन्ने मुख्य नारासहित कोहलपुर वडा नम्बर १ कौशिलानगरमा रहेको कृष्ण माद्यामिक विद्यालयको संचालन तथा व्यवस्थापनमा प्रतियोगिता संचलान हुन लागेको हो ।
प्रतियोगिताको मुख्य आयोजक कोहलपुर नगपालिका रहेको छ ।