कोहलपुर, पुष ४,

कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा खानेपानीको पाईप व्यवस्थापन गरिदैं छ ।

कोहलपुर नगरपालिकाको रझेना लिईएको पाईप जाम भएपछि नयाँ फेरिएको हो । चौराहदेखि राम नगरसम्मको पुरानो पाईप हटाएर नयाँ पाईप राख्ने काम भैरहेको छ । १० वर्ष पहिले बिछ्याईएका पाईपहरु जाम भएपछि अल्पकालिन समस्या समाधानका लागि नयाँ पाईप राखिएको कोहलपुर खानेपानी संस्थाका सचिब प्रेम कटुवालले बताएका छन् ।

कोहलपुरका विभिन्न स्थानमा ५ वर्षको अवधीमा करिब १० किलोमिटर पाईपलाईन फेरिएको कटुवालले बताए । कोहलपुर नगरपालिकामा खानेपानीका क्षेत्रमा विभिन्न समस्या रहेको बताउँदै कटुवालले खानेपानीका आधारभूत संरचनाहरुले दिगो विकासका लागि स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारले सबैका लागि स्वच्छ खानेपानीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । मानव जीवनमा खानेपानी सबैभन्दा महत्वपूर्ण भएपनि सरोकारवाला निकायले वेवास्था गरिरहेको उनको भनाई थियो ।

स्वच्छ खानेपानीको उपलब्धता तथा दिगो व्यवस्थापन सहित सबै नागरिकको खानेपानीमा पहुँच हुनुपर्ने उल्लेख गरे । नागरिकहरुसम्म पर्याप्त खानेपानी पुर्याउनका लागि समयमै मर्मत, भौतिक संरचना निर्माण तथा पुर्ननिर्माण गर्न आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published.