कोहलपुर, पुष ४,
अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा १९ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् ।
राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो । ट्याङ्करबाट निस्किएको आगो अन्य सवारीसाधनमा समेत फैलिएपछी यो क्षती भएको अफगानिस्तान प्रहरीले जनाएको छ । अफगानीस्तानमा यसअघी १९८२ मा सुरुङमा भएको आगलागीमा चार सय जनाको मृत्यु भएको थियो ।