कोहलपुर, पुष ४,

३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ ।

लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा गएराति सकिएको २२ औँ विश्वकप फुटबलको उपाधि जितेको हो । लुसैल रङ्गशालामा भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेलमा ३–३ को बराबरी भयो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । सो क्रममा फ्रान्सका दुई खेलाडीले गोल गर्न सकेनन् भने अर्जेन्टिनाका चारै जना खेलाडीले गोल गरे । अर्जेन्टिनाले यसअघि सन् १९७८ मा नेदरल्यान्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published.