कोहलपुर, मंसिर २७,
‘दिगो विकास, लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मुल नाराका साथ भेरी शित भण्डार सहकारी संस्थाको १४ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
शित भण्डारका अध्यक्ष बल राम भट्टराईको अध्ययक्षतामा भएको साधारण सभामा पूर्व कृषि मन्त्री प्रेम बहादुर भण्डारी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी भण्डारीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्दै कृषि उपजको बजार व्यवस्थापनका लागि हरेक पालिकामा कृषि कोशेली घर बनाउने बताएका छन् । उनले किसानले उत्पादन गरेको तरकारी तथा फलफुलहरु लामो समयसम्म भण्डारण सुविधाको लागि भेरी शित भण्डारणले उदाहरणिय काम गरिरहेको बताए ।
तरकारी तथा फलफुल भण्डारण गर्ने समस्याले ग्रसित किसानहरुका लागि भेरी शित भण्डारले ठुलो राहत प्रदान गरेको भण्डारीले बताए । यस भण्डारमा बाँके र बर्दिया जिल्लाका कृषि उपजलाई भण्डारण गर्न आग्रह गरे । सहकारी संस्थाले सहुलियत रुपमा किसानलाई आर्थिक सहयोग गर्न कार्यक्रमका बिशिष्ट अथिती दुर्गा चौधरीले बताएका छन् । प्रत्येक स्थानीय स्तरमा शित भण्डारणको उत्पादनमा कमि आएकोमा उनले चिन्ता व्यक्त गरेका थिए । कृषि उपजको खपतमा उत्पादन बृद्धिमा राज्यले ध्यान दियो भने भण्डारण गर्न समस्या नहुने उनले बताएका छन् । कार्यक्रममा उपस्थित वक्ताहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
यस संस्थाको कार्य क्षेत्र देशभर भएर सहकारीको माध्यमबाट संचालन भएको पहिलो भण्डार भएको कार्यक्रमका सहभागिहरुले बताएका थिए । स्थानीय सहकारीले किसानले उत्पादन गरेका कृषि सामाग्री भण्डारण गर्न‘ पर्नेमा जोड दिएका छन् । सहकारी संस्थालाई राज्यले पहिलो प्राथामिकतामा राखि काम हुन पर्ने उनीहरुको भनाई रहेको थियो । देशमा बढ्दो गरिवीलाई मध्यनजर गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथामिकता दिनको लागि भेरी शित भण्डार सहकारी संस्थाको स्थापना गरीएको शित भण्डारका अध्यक्ष भट्टराईले बताए । कार्यक्रमको समापन गर्दै भट्टराईले बाँकेको सबैभन्दा ठूलो भण्डारण क्षमता रहेको भण्डारले किसानहरु उत्पादन तिर लाग्न त्साहित बनेका बताए ।
उनले भने,–‘भण्डार नहुँदा कृषकहरूले आफूले उत्पादन गरेको तरकारी भण्डारण गर्ने ठाउँ नहुँदा निराश बनेका थिए । यो शीत भण्डार बनेदेखि सयौं किसान खुसी भएका छन् । बार्षिक साधारण सभा कार्यक्रमम आर्थिक बर्ष २०७८÷२०७९ को कुल वजेट १ करोड ८० लाख ९१ हजार रुपैँया बराबरको आय ब्याय प्रस्तुत गरीएको थियो । कार्ययक्रको सहजिकरण मोहम्मद सफि गुजरले गरेका थिए । साधरण सभामा स्थानिय राजनितिक दलका प्रतिनिधि, शेयर सदस्य, स्थानियको सक्रिय सहभागिता रहेको थियो ।