कोहलपुर, मंसिर २५,
बाँकेको कोहलपुर नगरपालिकामा नगरको शान्ति सुरक्षा कायम गर्न नगर प्रहरी तालिम समापन गर्दै नगर प्रहरीलाई दिक्षान्त समाहारोमा दज्र्यानी चिन्ह्र प्रदान गरिएको छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढलालले सयुक्त रुपमा दज्र्यानी चिन्ह्र प्रदान गरेका हुन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा सम्पन्न उक्त समारोहमा १९ जना नगर प्रहरीलाई दिक्षित गरिएको छ । कोहलपुर नगरमा अन्य नगर प्रहरीमा नेपाल प्रहरीबाट अवकास प्राप्त गरेका प्रहरी रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका नगर प्रमुख आचार्यले जुनसुकै काम कर्तब्य गर्दा बिधिलाई मान्ने र ब्यक्तिलाई नमान्न आग्रह गरेका छन् ।
नगर प्रहरीलाई दिएको तालिमको समापन तथा दिक्षान्त समारोह कार्यक्रममा नगर प्रमुख आचार्यले नगरप्रहरीलाई बिधिमा रहेर अनुशासनमा रहेर, नगरप्रहरीलाई काम कर्तव्य गर्न आग्रह गर्दै नगरप्रहरीका अधिकार भित्र रहेर महत्वपुर्ण काम गर्नु पर्ने सुझाव दिएका छन् । आचार्यले कोहलपुरबासीलको सेवा र सुविधाकालागि नगरपालिकाले नगर प्रहरीलाई दीक्षित गरेको बताएका छन् । आईतबार नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समारोहको दीक्षीत समारोहमा उनले भने,–‘हाम्रो जिम्मेवारी नगरबासीलाई सेवा प्रदान गर्ने हो । हरेक क्षेत्रबाट नगरलाई व्यवस्थित गराउने चाहानाले नगरप्रहरीको आवश्यकता महसुस गरेर हामीले नगर प्रहरीलाई दीक्षित गरेका हौं ।’
सोही समारोहमा नगर प्रमुख आचार्यले नगर प्रहरीलाई छनौट गर्दा कुनैपनि राजनीतिक दलको प्रभावमा नपरेको बताएका छन् । उनले क्षमता र योग्यताको आधारमा कसैप्रति पनि पुर्वाग्रही नभएर नगर प्रहरीलाई छनौट गरेको बताएका छन् । उनले भने,‘हामीले कसैको दबाब र प्रभावमा नपरेर निष्पक्ष रुपमा नगर प्रहरीलाई छनौट गरेका छौं ।’उनले भने,‘राजनीतिक दबाबको प्रथालाई तोड्नु पनि हाम्रालागि एउटा चुनौति नै थियो । जुन हामीले तोड्न सफल पनि भएका छौं ।’
दीक्षीत समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले नगर प्रहरीलाई कुनैपनि प्रकारको लोभमा नपर्न आग्रह गरेका छन् । उनले कसैको पनि र कुनै पनि प्रलोभनमा परेर नगर प्रहरीले नागरिकलाई दुःख दिएको सूचना आफु कहाँ आएमा जागीरबाट बर्खात गरिने चेतावनी समेत दिएका छन् । उनले भने,‘आज दीक्षित हुुनु भएका सबै नगर प्रहरीहरुलाई क्षमता र योग्यताका आधारमा छनौंट गरेर नगर व्यवस्थापानकालागि जिम्मेवारी दिएका छौं । तपाईँहरुले मध्य कसैलेपनि यदि कुनैपनि प्रकारको लोभ र प्रलोभनमा परेर नगरबासीलाई दुःख दिएको सूचना हामी कहाँ आई पुगेको खण्डमा तपाईँहरुलाई तत्काल जागीरबाट निकालिने छ ।’
कणाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका तालिम संयोजक प्रहरी निरिक्ष यम बहादुर मल्लले आज दीक्षित भएका कोहलपुरका १९ जना नगर प्रहरीहरुलाई तालिम दिएका थिए । ४५ दिने तालिममा ती नगर प्रहरीहरुले निकै नै अनुशासित भएर सहभागिता जनाएको उनले बताए । प्रहरी र नगर प्रहरीलाई तालिम दिने क्रममा कुनै पनि फरक नभएको उनको भनाई छ । आज सम्पन्न उक्त दीक्षित समारोहमा नगर प्रहरीहरुलाई कोहलपुर नगर प्रमुख आचार्य, उपप्रमुख संगीता सुबेदी पौडेल र कणाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका प्रहरी वरिष्ठ उपरिक्षक चक्र बहादुर सिंहले प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रशासकीय अधिकृत ढकालले स्थानीय सरकारको काम, कारवाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको र त्यसै अनुरुप प्रहरी संगठनसँंगको समन्वयमा आधारभुत तालिम आयोजना गरिएको बताए । उनले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । नगर प्रहरी दीक्षान्त समारोह कार्यक्रमको आयोजनामा नगर प्रमुखबाट नगर प्रहरीले सपथ र दज्र्यानी चिन्ह ग्रहण गरेका थिए ।