कोहलपुर, मंसिर २४

यो वर्षको हिउँदमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने आँकलन गरिएको छ ।

प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी लगायतका पूर्वी तथा तराईका जिल्लाहरु, मधेश प्रदेशको पर्सा, बारा, रौतहट लगायतका पश्चिमी भूभागहरु, बागमती प्रदेशको काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायतका जिल्लाहरु, गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पर्वत, लुम्बिनी प्रदेशको अधिकांश जिल्लाहरु र सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कञ्चनपुर र कैलाली जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आकँलन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको जलवायु विश्लेषण शाखाका प्रमुख डा. इन्दिरा कँडेलले कुरा गर्दै पानी कम पर्ने पूर्वानुमान गरिएको बताए । मङ्सिर १५ देखि फागुन १६ सम्मलाई हिउँद यामको रुपमा लिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published.