कोहलपुर, मंसिर २३,

निर्वाचन आयोगले, समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारको नामावली २४ गतेभित्र पठाउन राजनीतिक दललाईपत्र पठाएको छ ।

समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरी पठाउन दलहरूलाई पत्र पठाएको आयोगको समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेलेजानकारी दिए ।

राजनीतिक दलले महिला, आदिवासी जनजाति, खसआर्य, थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनेगरी यसअघि आयोगमा बुझाएको बन्दसूचीबाट छनोट गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published.