कोहलपुर, मंसिर २३,
महिनावारीलाई धर्मसँग जोडेर हेर्ने चलन केही कम भए पनि नेपालका धेरै ठाउँमा महिनावारी बार्ने चलन कायमै छ ।
महिलाको एक शारिरीक चक्र भएकाले महिनावारीलाई बार्ने नभइ उत्सवको रुपमा मनाउनेहरू पनि बढ्न थालेका छन् । अभियन्ता डा. नम्रता पाण्डेले आफू सानो हुँदा महिनावारीकै कारण धेरै दुःख पाएकाले पनि आफ्नी छोरी पहिलोपटक महिनावारी हुँदा उत्सवको रुपमा मनाएको बताए ।
महिनावारीलाई पाप र धर्मसँग जोड्ने वर्षौँदेखिको सामाजिक अभ्यास छ । महिनावारी भएको ५ दिनसम्म कोही पनि पुरुषलाई छुन नहुने, महिनावारी भएकाले पकाएको खाना खान नहुने जस्ता गलत मान्यता कायमै छन् ।