कोहलपुर, बैशाख १०,
कोहलपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तिरथराम थारुले स्वतन्त्र उम्मेद्वारीको घोषणा गरेका छन् ।
पहिलो स्थानीयमा नेकपा माओवादीबाट अध्यक्षमा विजयी भएका थारुसहित समग्र टिमले स्वतन्त्र उम्मेद्वारीको घोषणा गरेका हुन् । शनिबार एक कार्यक्रमको आयोजना गर्दै थारुले नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटीले आफुहरुलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उनले पहिला हाम्रो नाम सिफारिस गरेर सुनियोजित तरिकाले आफुहरुको नाम हटाएर अरुको नाम राखेको प्रति आक्रोश व्यक्त गरें ।
पार्टीले बेवास्ता गरे आउँदो चुनावमा आफुहरु स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । थारूको नेतृत्वमा अब स्वतन्त्र उम्मेदवारी दिएर विजय गराउने अभियानमा लाग्ने तेजेन्द्र शाहीले बताए । पार्टीले आफुहरुलाई नचिनेकाले आफुहरुले अब स्वतन्त्र उम्मेदवारी दिने अवस्थामा पुगेको जानुका क्षेत्रीले बताइन् । पहिले पनि आफुहरुले राम्रो काम गरेको बताउँदै फेरि पनि आफुहरुलाई सबै वडाबासीहरुले सहयोग गर्नका लागी जानुका हरिजनले बताइन् । पार्टी कहिले कांग्रेससँग मिलेर जाने, कहिले एमालेसँग मिलेर जाने हामीहरु ती बैठक जाँदा मन दुखाएर जानू पर्ने, र पछि पार्टीका केही व्यक्तिहरुको स्वार्थका कारण पार्टी आफूहरुले स्वतन्त्र उम्मेद्वारीको घोषणा गर्नु परेको उनीहरुको भनाई थियो ।
पार्टीले आफु काम गर्नेहरूलाई नचिनेर, पार्टीका नेताहरूहरुको पछि लाग्नेलाई टिकट दिएकाले आफुहरु स्वतन्त्र उम्मेदवारी दिनु पर्ने अवस्था आएको तिरथराम थारूले बताए । आवश्यक परे जुनसुकै पार्टीसँग पनि आफुहरु मिलेर चुनावमा जाने बताएका छन् । कार्यक्रम कोहलपुर वडा नं.–४ का कम्युनिस्ट नेता दिल बिहारी खटीकको अध्यक्षतामा सम्पन्न भएको हो ।
स्वतन्त्र उम्मेदवारी दिँदै नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका कोहलपुर वडा नं.–४ का जनप्रतिनिधिहरु ।
तिरथराम थारू वडाध्यक्ष, कोहलपुर–४
लड्डन जागा वडा सदस्य, कोहलपुर–४
जानुका क्षेत्री वडा सदस्य, कोहलपुर–४
आरती हरजन वडा सदस्य, कोहलपुर–४
तेजेन्द्र शाही वडा सदस्य, कोहलपुर–४
किरण आचार्य वडा सदस्य, कोहलपुर–४