बिधुत्मा रैका,
कोहलपुर, चैत्र २७,

बाँकेको कोहलपुर सरुवा भई आएका प्रहरी नायव उपरिक्षक डिएसपी ऐन मल्लले पत्रकार संग परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।

कोहलपुर लगायत जिल्ला तथा जिल्ला बाहिर काम गर्ने पत्रकारसँग मल्लले आईतबार बिहान ईलाका प्रहरी कार्यालय कोहलपुरमा परिचयात्मक कार्यक्रम गरेका हुन् । डिएसपी मल्ल्ले पत्रकारसँग कोहलपुरका समस्या र चुनौतीका बिषयमा जानकारी लिएका थिए । उपस्थित पत्रकारहरुले कोहलपुरमा बढिरहेको लागु औषध कारोबार, तस्करी, सडक दुर्घटनाका बिषयमा प्रभावकारी रुपमा काम गर्न सुझाएका थिए ।

साथै पत्रकारलाई प्रहरीले सुचना दिने कुरामा झन्झट नगर्न आग्रह गरे । कार्यक्रममा बोल्दै डिएसपी मल्लले कोहलपुरको सुरक्षा ब्यवस्थालाई अझै मजबुत र प्रभावकारी बनाउने बताएका छन् । उनले सुचना दिने कार्यलाई प्रभावकारी बनाईने प्रतिबद्धता जनाएका छन् । पत्रकारहरुलाई आवश्यक सहयोग गर्न आग्रह समेत गर्दै उनले समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्नु आफ्नो पहिलो जिम्मेवारि रहेको बताए । समाजमा घट्ने विभिन्न अपराधिक घटनाहरुको सत्य तथ्य छानविन गरेर कानुनको पालना गर्ने काम प्रहरीको हो भने, यसलाई कार्यन्वयनमा ल्याउनमा सहयोग गर्ने काम सबै नागरिकको हुने डिएसपी मल्लले परिचयात्मक कार्यक्रममा बताए ।

मल्लले आफ्नो कार्यकालमा सक्दो शान्ति सुरक्षाको प्रत्याभूति दिने, पीडितले आफू न्याय पाएको आभास दिने गरि काम गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारी, लगायत पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published.