कोहलपुर, फागुन २८,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोहलपुर लगायत समग्र बाँके जिल्लाको विकास गरि यहाँका नागरिकहरुका दुखका दिन अन्त्य गर्न आफ्नो पार्टी गम्भीर हुने बताएका छन् ।

कर्णाली प्रदेशको प्रशिक्षण सम्पन्न गरि काठमाडौं फर्किने क्रममा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० कोहलपुर नगर समितिको आयोजनामा सहिद स्मृति भवन कोहलपुरमा भएको एक कार्यक्रममा बोल्दै प्रचण्डले कोहलपुर लगायत बाँकेको जनजीवनमा परिवर्तनको अनुभूति भएपछि मात्रै राजनीतिक परिवर्तनको औचित्य हुने बताए । अब नयाँ सन्दर्भमा हाम्रो ध्यान यहाँको विकास र जनताको जीवनस्तर परिवर्तनमा हुने आश्वासन व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्कटमोचनको भूमिकामा आफ्नो पार्टी रहेको दाबी गरे । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, बृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका सङ्कबाट पार लगाउने खालको भएको बताए । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने बेलामा पनि देश नै सङ्कटमा पर्ने अवस्था आएको र त्यो सङ्कट समाधान गर्न पनि एमसीसी पास गरेर माओवादीले राम्रो काम गरेको दावी गरे । कोहलपुरको स्मृति भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथी रहेका प्रचण्डले कार्यकर्तासँग भेटघाट गर्नुका साथै समसामयिक विषयमा प्रशिक्षण दिएका थिए ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी एक्लै प्रतिष्पर्धा गर्न तयार रहेको बताए । स्थानीय तहको निर्वाचनका लागि कोही कसैसँग पनि गठबन्धन वा सहकार्य आवश्यक नभएको उल्लेख गरे । सोहि कार्यक्रमममा बिभिन्न पार्टी परित्याग गरी ३ दर्जन बढि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कोहलपुर नगरपालिका वडा नं। ३, कोहलपुर २ र कोहलुर १४ का तिन दर्जन बढि माओवादी केन्द्रमा प्रबेश गरेका हुन ।

Leave a Reply

Your email address will not be published.