कोहलपुर, फागुन २७,

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेन्डरको प्रतिस्पर्धामा भाग लिन निर्माण व्यवसायीहरुलाई आग्रह गरे ।

नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेन्डरमा भाग लिन उनले आग्रह गरे । काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेन्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताए ।

प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने धारणा राखे । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत, कानुनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published.