कोहलपुर, फागुन २६,
सुनचाँदीको मूल्य घटेको तोलामा २ हजार ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महङ्गो तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य आज भने केही घटेको छ ।
तोलामा ३ हजार ५ सय रुपैयाँ घटेर सुन तोलाको १ लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि २०७७ साउन २३ गते तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता विस्तारै घटेको थियो । तर रुस र युक्रेनबीचको तनावका कारण भाउ फेरि उकालो लागेको महासंघ अन्तरर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।
चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा झरेको छ । हिजो अहिलेसम्मकै महंगो तोलाको १ हजार ४ सय ५० रुपैयाँ पुगेको थियो । यसअघि २०७७ साउन २७ गते चाँदी तोलाको १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।