कोहलपुर, फागुन २६,

भनिन्छ सरकारी कर्मचारीमा भित्रि मन देखी केही राम्रो काम गर्छु भन्ने आँट हुने हो भने कसैले पनि रोक्न सक्दैन । इन्जिनियर श्री जयलाल मरासिनीको हकमा पनि यस्तै भनाई लागु हुन्छ । करिब ३८ बर्षे सरकारी सेवामा कार्यरत रहँदा सबैको नजरमा अब्बल ठहरिएका इन्जिनियर श्री जयलाल मरासिनी हाल सडक बिभाग, सडक डिभिजन बुटवलमा सिनियर डिभिजनल इन्जिनियर (डिभिजन प्रमुख) को हैसियतमा कार्यरत छन् ।

हुने कामलाई हुन्छ र नहुने कामलाई हुदैन भन्ने बानीले धेरै सेवाग्राहीको मन जित्न सफल भएका छन् । मरासिनी सेवाग्राहीको काम तुरुन्तै गराउन आफै अग्रसरता देखाउछन् । अरुका कुरा राम्रोसंग सुन्ने र आफुले बुझेको कुरा राम्रोसँग अरुलाई बुझाउने बानीले गर्दा उहाँ सबैको प्रिय बन्न सफल भएका छन् । यहि २०७८ साल फाल्गुन २७ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा प्रोग्रेसिभ इन्जिनीयर्स एसोसिएसन नेपाल पिईएन बाट लुम्बिनी प्रदेशको अध्यक्षमा इन्जिनियर जीवन अर्यालले नेतृत्व गरेको टिमबाट केन्द्रीय सदस्यमा उनले उम्मेदवारी दिएका छन् ।

तपाईको केन्द्रिय सदस्यमा जित्ने आधार के छ भनी सोध्दा उनी भन्छन्,–‘यसपटक मेरो कार्यक्षमताको कदर सिनियर तथा युवा इन्जिनियर साथीहरुले अवश्य पनि गर्नुहुनेछ । मेरो पेशाप्रतिको इमान्दारिता नै मेरो जितको आधार हो । त्यसकारण आफुलाइ यो पटकको निर्वाचनमा मतदान गरिदिनु हुन सम्पुर्ण इन्जिनीयर साथीहरुमा हार्दिक अनुरोध गर्दछु ।’ सालझन्डि—अर्घाखाँची—ढोरपाटन सडकमा योजना प्रमुख हुँदा बर्षौ देखि अलपत्र परेको सालझन्डि ढुङ्रीखोला सडकमा नयाँ ठेक्का लगाएर त्यहाँको जनताको मन जित्न सफल भएका थिए । त्यसका साथै बिहारको पिच र आटिका पाटा, बलेवाङ फुदवाङ सडकको काम अर्घाखाँची बासिले अझैसम्म बिर्सिएका छैनन् । बुर्तिवाङ ढोरपाटन खण्डमा ठूलो धनजनको क्षति हुने गरि आएको बाढी पहिरो र त्यो बेलामा समयमै सडक खोलेर यातायात संचालन गर्न सफल भएको कुरा बुर्तिवाङबासिले सधैं सम्झिरहेको छन् ।

त्यसै गरी बर्षौ देखि बुटवलमा सडक मिचेर बनाइएका घर टहराहरुमा डोजर चलाउँदा उहाँको देशव्यापीरुपमा चर्चा भयो । आजसम्म कसैले हिम्मत गर्न नसकेको त्यो काम मरासिनीको नेतृत्वबाट सम्भव भएपछि बुटवल क्षेत्रको सडक अहिले फराकिलो भएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सर्टिफिकेट लेभल २०४१ मा अध्ययन गर्नु भएका जयलाल मरासिनी १२ बर्ष ओभरसियरको जागिर पछि इन्जिनियर अध्ययन गर्न फिलिपिन्सको बागियो गएका थिए । उनले इन्जिनियरिङमा स्नातक युनिभर्सिटी अफ बागियो फिलिपिन्सबाट र स्नातकोत्तर पोखरा युनिभर्सिटी नेपालबाट गरेका हुन् । बुवा लालमणि मरासिनी र आमा स्व. लिलादेवि भट्टराईका जेष्ठ सुपुत्र मरासिनी सियारी—६, लक्षमणगन्ज रुपन्देहीका स्थायी बासिन्दा हुन ।

Leave a Reply

Your email address will not be published.