कोहलपुर, फागुन २६,

नेपाल इन्जिनियर्स एशोसियसनको लुम्बिनी प्रदेश सदस्य पदमा प्रोग्रेसिभ ईन्जिनियररिङ यशोसीयसन नेपाल (पिन) बाट बुटवलका इन्जिनियर हेमराज शाहीले उम्मेदवारी दिएका छन् । उनी लामो समयदेखि रुपन्देहीमा इन्जिनियरिङ शिक्षण पेसामा कार्यरत छन् । नेपाल इन्जिनियर्स एशोसियसनको यही फागुन २७ गते निर्वाचन हुँदैछ ।

नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा लुम्बिनी प्रदेशको सदस्यमा उम्मेदवारी दिएका शाहीको प्यानलबाट सभापतिमा बरिष्ठ ईन्जिनियर जीवन अर्याल, केन्द्रीय सदस्यमा सिनियर ईन्जिनियर जयलाल मरासिनी, उप सभापतिमा बृजेश बैस्य,सह सचिवमा नवसुजित भण्डारी र कोषाध्यक्षमा अन्जु ढकाल लगायतले उम्मेदवारी दिएका छन् ।   ईन्जिनियरिङ पेशालाई थप मर्यादित,सुरक्षित तथा सम्मानजनक पेसाको रुपमा स्थापित गर्न ईन्जिनियरिङ पेशाकर्मीहरुको एकताका लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।शुखी नेपाली तथा समृद्ध नेपाल निर्माण का लागि गर्न पनि राजनितिक नेतृत्वमा ईन्जिनियरहरुको सकृय सहभागीता हुन जरुरी देखिन्छ ।

सबै इन्जिनियरहरुको हकहितलाई कार्यान्वयन गर्न,ईन्जिनियरिङ क्षेत्र को समग्र बिकास गर्न साथै हरेक इन्जिनियरहरुको दुख सम्स्या पर्दा २७ घण्टा सहयोग गर्न कटिबद्ध ढंगले लाग्नेछु । सुखी नेपाली तथा समृद्ध नेपाल निर्माण नारा सफल पार्न साथै ईन्जिनियरिङ क्षेत्र परिवर्तनको लागि पिन तर्फका उम्मेदवार केन्द्रमा डा.सुरज लामिछानेले नेतृत्वको टिम र लुम्बिनि प्रदेशमा जिवन अर्यालले नेतृत्वको प्यानलका सम्पुर्ण उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गरिएको छ । युवा इन्जिनियर शाही बिगत ७ बर्ष देखि बिभिन्न सङ सस्थाको प्रोजेक्ट हुदै अहिले इन्जिनियरिङ् शिक्षण पेसामा आवद्ध छन् । इन्जिनियर शाही सम्पुर्ण इन्जिनियर्हरहरु माझ सालिन र भ्रद स्वभावको रुपमा निकै परिचित हुन् ।

Leave a Reply

Your email address will not be published.