कोहलपुर, फागुन २५,

सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बुधबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ बढेर तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ स्थिर रहँदै तोलाको १ लाख ३ हजार रुपैयाँ थियो । यसअघि २०७७ साउन २३ गते सुन अहिलेसम्म कै महँगो १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको भाउ पनि आज अहिलेसम्मकै महँगो तोलाको १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।

हिजो तोलामा १५ रुपैयाँ घटेर तोलाको १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १४ सय ५० रुपैयाँ पुगेको हो । यसअघि २०७७ साउन २७ गते चाँदी तोलाको १४ सय ३५ रुपैयाँसम्म पुगेको थियो । अहिलेको अवस्था हेर्दा सुनचाँदीको भाउ अझै बढ्ने देखिएको महासङ्घ अन्तरर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published.