कोहलपुर, फागुन २५,

सङ्घीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा छलफल गरेको थियो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताए ।

नेपाल आयल निगमको उचित माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराइएको उहाँले बताए । मूल्य नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने पनि समितिले जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published.