बिधुत्मा रैका,
कोहलपुर, फागुन २४,

कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएका छन् ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा कोहलपुरमा आयोजित कार्यक्रममा उपप्रमुख चौधरीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रयास सबैले गर्नुपर्ने बताईन् । चौधरीले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिईन् । उनले दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल पार्नु प्रमुख गन्तव्य रहेको बताईन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरिन् । कार्यक्रममा महिला अधिकारकर्मी बसन्ती अधिकारीले समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरिन् । अधिकारीले महिला महिला हिंसा अन्त्यका लागि दिवसले सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने बिश्वास व्यक्त गरिन् । कोहलपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक नारायणी ओलीको अध्यक्षता तथा नगर उपप्रमुख चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

‘दिगो भविष्यको लागि लैङ्गिक समानता’ भन्ने मूल नारासहित कोहलपुरमा दिवस मनाईएको थियो । बिहान ७ बजेदेखि कोहलपुर बजारमा ¥याली निकाल्दै न्युरोडमा कार्यक्रम भएको थियो । ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ लगायत विभिन्न नाराका दिवस मनाईएको हो ।

कार्यक्रममा मेची महाकाली बुहारी संघ बाँकेका अध्यक्ष उर्मिला पाण्डे लगायत यस क्षेत्रका महिला अधिकार कर्मी, महिला तथा बालबालिका कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिज्ञहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संचारकर्मी कल्पना कार्कीले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published.