कोहलपुर, फागुन १९,
नेपालले, संयुक्त राष्ट्रसंघको महासभामारुसविरुद्ध मतदान गरेको छ।युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्नेसम्बन्धी पक्ष र विपक्षमा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो ।
गएराति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिएका छन् ।राष्ट्रसंघमा कुल १९३ सदस्य राष्ट्र रहेपनि विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक मतदान प्रक्रियामा सहभागी भएनन् । यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्मा ४७ देश सदस्य छन् ।
यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि भारत र चीन तटस्थ बसेका थिए । राष्ट्रसंघमा रहेका १९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए ।