कोहलपुर, फागुन १९,

दाङको सदरमुकाम घोराही प्रवेश गर्ने लमही–घोराही सडकखण्ड आउँदो आइतबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय दाङले सूचना निकालेर आउँदो आइतबारदेखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द गर्ने जनाएको छ । सडक मर्मत गर्नुपर्ने भएकाले ८ दिनसम्म बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.