कोहलपुर, फागुन १९,

बिहीबार ग्याल्बो ल्होछार पर्व शेर्पा समुदायले धुमधामका साथ मनाउँदैछन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा समुदाय बताउँछ ।शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ।ग्याल्बो ल्होछारका अवसरमासरकारले आजसार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published.