कोहलपुर, फागुन १९,
पश्चिम नवलपरासीमा सञ्चालनमा रहेका कुल आर्थिक प्रतिष्ठान (फर्म तथा संस्थाहरु) मध्ये बिना दर्ता सञ्चालनमा रहेको पाईएको छ ।
तथ्याङ्क कार्यालय चितवनका अनुसार राष्ट्रिय आर्थिक गणना २०७५ को जिल्ला स्तरीय नतिजा सार्वजनिक गोष्ठिमा जिल्लामा रहेको आधा बढि प्रतिष्ठान कुनैपनि निकायमा दर्ता नगरी सञ्चालन भएको पाइएको हो । नवलपरासीमा हाल ११ हजार २ सय ८ आर्थिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । जस मध्ये ५५ दशमलव २१ प्रतिशत अर्थात ६ हजार १ सय ८७ ओटा फर्महरु बिना दर्ता आर्थिक कारोबार गरिरहेका छन् भने ५ हजार २१ अर्थात ४४ दशमलव ७९ प्रतिशतले मात्र सरकारी निकायमा दर्ता भई सञ्चालनमा रहेका छन् ।
जिल्लामा रहेका फर्महरु दर्ता नहुने मात्रै होईन लेखा पनि नराख्ने गरेको पाईएको छ । कुल प्रतिष्ठान मध्ये ६१ प्रतिशतले लेखा प्रणाली अनुरुप हिसाब किताब नराख्ने गरेको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये दर्ता प्रक्रिया पुरा नगरी आर्थिक प्रतिष्ठान सञ्चालन गर्ने जिल्लाको सुचिमा नवलपरासी अगाडी छ ।