बिधुत्मा रैका,
कोहलपुर, फागुन १६,
विप्लव नेतृत्वले एमसीसी विरुद्ध आह्वान गरिएको बन्दको प्रभाव बाँकेको कोहलपुरमा आंशिक रुपमा परेको छ ।
बन्दका कारण सार्वजनिक सवारी साधान ठप्प भएका छन् । कोहलपुरका सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् । लामो दुरीका सावारी साधानहरु प्रभाबित भएका छन् भने कोहलपुर क्षेत्रमा अटो तथा मोटरसाईकल मात्रै चलेका छन् ।
कोहलपुर बजार समेत आंशिक रुपमा बन्द रहेको छ । शैक्षिक संस्थाहरु पनि बन्द रहेका छन् ।