बिधुत्मा रैका,
कोहलपुर, फागुन १६,
ईलाका प्रहरी कार्यालय कोहलपुरले बन्द तथा आन्दोलनलाई मध्यनजर गर्दै कोहलपुरका विभिन्न क्षेत्रमा प्रहरी तथा शशस्त्र प्रहरी परिचालन गरेको छ ।
प्रहरीले बन्दकर्ताबाट हुनसक्ने गतिविधिलाई रोक्न कोहलपुरमा सुरक्षा कडा बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुरका विभिन्न चोक, सडकहरुमा प्रहरी परिचालन गरेको हो । विषेश गरि चौराह क्षेत्रमा सुरक्षा कडा पारिएको छ । चौराह क्षेत्रमा साविक भन्दा धेरै प्रहरी परिचालित छन् ।
लामो दुरीका सवारीलाई सहज आवागमनका तथा आन्दोलन नियन्त्रणका लागि इ।प्र।का कोहलपुरका ईन्सपेक्टर होम प्रकाश चौधरी लगायतको टोली परिचालन भएको छ ।