बिधुत्मा रैका,
कोहलपुर, फागुन १६,

एमसीसी खारेजको माग गर्दै बाँकेको कोहलपुरमा विरोध प्रदर्शन भएको छ ।

एमसीसी राष्ट्रिय हित विपरित रहेको भन्दै सोमबार कोहलपुरका विभिन्न सडक, चोक, चौराह तथा विभिन्न गल्लीहरुमा विरोध प्रदर्शन भएको हो । क्षेत्रका नागरिकहरु संघर्षका विभिन्न नीति, कार्यक्रम र नाराहरुसहित आन्दोलन गरेका हुन् ।

विभिन्न राजनीतिक र सामाजिक, सांस्कृतिक संघसंस्था र व्यक्ति तथा व्यक्तित्वहरुको उपस्थितिमा एमसिसि विरुद्ध कोहलपुरमा विरोध भएको हो । एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाउदै राष्ट्रिय झण्डासहित विरोध गरिएको हो । आन्दोलनमा सहभागिहरुले एमसिसि विरुद्ध संघर्ष गर्न सडकमा उत्रेको बताएका छन् ।

उनीहरुले एमसिसि सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्न नहुने बताएका हुन् । उनीहरुले अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published.