कोहलपुर, फागुन १५,
लुम्बिनी प्रदेशबाट नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका मदन गौतम इमान्दार राजनीतिज्ञ ब्यक्ती हुन । २०७८ फाल्गुण २१ देखि २३ गतेसम्म हुँदै गरेको युनियनको महाधिबेसनमा आफ्नो कार्यक्षेत्र भएको जिल्ला रूपन्देहीको भैरहवाबाट घोषणा उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । आफ्नो काम भन्दा संस्था र साथीहरूको काम गर्न रमाउने ब्यक्ती हुन् उनी ।
अर्काले भनेका राम्रा कुराको तुरून्तै समर्थन गर्ने र नराम्रा कुराको प्रतिकार गर्ने उनको बानी रहेको । गौतमले पञ्चायत कालदेखि बनेको पेन्सन पाउने रकम परिबर्तन हुनुपर्छ ( खाईपाई आएको तलब र ग्रेड जोडी ४० ले भाग गरि आएको रकम पाउनु पर्छ । हाल ५० ले भाग गरि सुरू तलब भन्दा बढि हुने छैन भन्ने पञ्चायती कानुन सम्सोधन हुनुपर्छ र गराउनुपर्छ भन्ने आवाज उठाउदै आएका छन् । यो माग पूरा गराउन लागीपर्ने उनले जनाए ।
कर्मचारी युनियनको राष्टिय भेलाबाट भएको घोषणा पत्र अनुसारको माग पूरा गराउन अब आठौं महाधिबेसनबाट निर्बाचित हुने कार्यसमितीलाई पुर्ण सहयोग हुने उनले बताए । उनी भन्छन्,–‘म महाधिबेसनमा सफल हौला नहौला । पदमा रहुला नरहुला युनियनको उद्देश्य पूरा गर्न जुनसुकै बखत तयार हुने प्रतिज्ञा गर्दछु ।’ हाल निज गौतम कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष एबम् लुम्बिनी प्रदेका अध्यक्ष हुन ।
उपाध्यक्षमा गौतमको उम्मेद्वारी किन ?
–२०४५ देखि निजामती सेवामा प्रवेश गर्दै गर्दा ०४६ सालको जनआन्दोलमा पुर्ण रूपमा सहभागी भएका ।
–२०४७मा दर्ता भएको नेपाल निजामती कर्मचारी सङ्घ को सदस्यता लिई २०४८ मा डोटी जिल्लाको संस्थापक अध्यक्ष भै कार्य क्षेत्र भएको जिल्लाको सङ्घको सङ्गठन गर्दै २०६२÷०६३ को दोस्रो जन आन्दोलनमा मा सहभागी भएका ।
–आधिकारिक ट्रेड युनियनको निर्बाचनमा रोल्पा जिल्लामा कर्मचनरी युनियनलाई प्रथम स्थान हासिल गराउन सफल नेतृत्वदायी भुमिका निभाई रोल्पा जिल्लाको संस्थापक आधिकारिक ट्रेडयुनियन को अध्यक्ष भै कर्मचारीहरूको सुख दुखमा साथ दिदै सातौं महाधिबेसनबाट कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्ष एबम् लुम्बिनी प्रदेशको अध्यक्ष भै कर्मचारीहरूको हकहित पिरमर्काको बारेमा आवाज उठाउदै समस्याहरूको समाधान गर्दै आईरहेका भएका । भण्डारी निडर, अनुसासित, एक अर्काको आदर गर्ने ब्यक्ती हुन् ।