कोहलपुर, फागुन १५,
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।
उनले वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले त्यहाँ नबस्ने उनले बताए । रुसको एक प्रतिनिधि मण्डल युक्रेनीहरूसँग कुरा गर्नका लागि बेलारुस पुगेका बेला जेलिन्स्किीले यस्तो प्रतिकृया दिए ।
रुसको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालय, रक्षामन्त्रालयका तथा अन्य विभागका कर्मचारीहरू रहेका छन् । राष्ट्रपति कार्यालयका प्रतिनिधि पनि त्यसमा संलग्न रहेका छन् । उनीहरु युक्रेनीसँग कुरा गर्नकालागि बेलारुस पुगेका हुन् ।