कोहलपुर, फागुन १५,

बाँकेको जमुनाह गाउँबाट तास जुवा खेलिरहेको अवस्थामा २ जनालाई पक्राऊ गरिएको छ ।

नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाउँको खुल्ला चौरमा तास खेलिरहेको अवस्थामा भारत बहारइच आदर्श थाना रुपैडिया बस्ने २७ वर्षीय शिखर वर्साल सहित २ जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट नगद ९८ हजार ८ सय ६० रूपैयाँ, १ बुक तास र २ थान मोबाइल बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको गस्ती टोलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जिल् ल प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.