कोहलपुर, फागुन १५,

नेपाल निजामती कर्मचारी युनियनको उप महासचिवमा गणेश भण्डारी भिड्ने भएका छन्

कर्मचारी युनियनको हाल केन्द्रीय सचिवको जिम्मेवारी वहन गरिरहेका भण्डारीले यसपाली उप महासचिवमा भिड्ने बताएका हुन् । कर्मचारीको हकहित र आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेका भण्डारीले ७७ जिल्ला अध्यक्ष र ४८ विभागिय अध्यक्षहरूसँग सल्लाह गरेर उम्मेदवार घोषणा गर्न थालेको बताए । सचिब भण्डारी निजामती कर्मचारी सेवामा प्रवेश गर्नु पुर्व नेपाल विद्यार्थी संघ अर्घाखाँचीको पुर्ब अध्यक्ष थिए ।

निजामती कर्मचारीहरुलाई महाधिवेशनको माहौलले तताएको छ । यसै क्रममा नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले महाधिवेशनको तयारी तिव्र पारेको छ ।
विभेदकारी समायोजन अध्यादेश सच्याउनु पर्ने तथा कर्मचारीहको वृति विकास र ट्रेड युनियन अधिकारसहितको संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने मुख्य एजेण्डासहित छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गर्दै देश दौडाहामा रहेका छन् ।

उपमहासचिब पदका उम्मेदवार भण्डारीले भने,–‘मुख्य कुरा कर्मचारीका मुद्दाको उठान कसरी गर्ने भन्ने हो हाम्रा एजेण्डाका विषयमा देशभरीका साथीहरुसँग अन्तरक्रिया गर्दै छौँ । साथीहरुका धारणा पनि लिने कार्य भइरहेको छ धेरै साथीहरुवाट सकारात्मक सुझाव आइरहेको छ ।’

Leave a Reply

Your email address will not be published.