कोहलपुर, फागुन १४,

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालबीच छलफल भएको छ ।

एमसीसीको बारेलाइ लिएर सत्ता गठबन्धन नै टुट्ने तथा सभामुख र नेकपा एसको सांसद समेतलाइ बर्खास्त गर्ने सम्मको चर्चा चलेपछि अबको बाटोको बारेमा दुइ नेताबीचमा छलफल भएको छ । तर गठबन्धनको शीर्ष तहमा एमसीसी पारित पनि गर्ने र गठबन्धन पनि नटुटाउने समझदारी भने बनेको छ । नेपालसँग भेटघाट गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन् ।

भेटमा एमसीसीका विषयमा छलफल भएको छ । एमसीसीको बारेमा छलफल गर्नको लागि गठबन्धभित्र तथा बाहिर पनि द्धिपक्षिय तथा त्रिपक्षिय छलफल चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published.