कोहलपुर, फागुन १३,
जिल्ला प्रहरी कार्यालय बाँकेले तीन किलो चरेस सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार नेपालगंजबाट रुपैडिया तर्फ पैदल जादै गरेकोको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । सुर्खेत सिम्ता गाउँपालिकाका बिरेन्द्र हमाल, सोही ठाउँका दिपा बुढा र जाजरकोट सिवालय गाउँपालिकाकी खिमा घर्ती क्षेत्रीलाई जमुनाह स्थित प्रहरी टोलिले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई चेक जाँच गर्ने क्रममा बुढा र घर्ती क्षेत्रीले हातमा बोकेको लेडिज ब्याग भित्र पत्रिकामा राखी प्लाष्टिक टेपले लपेटी राखेको तीन किलो लागू औषध चरेस बरामद गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।