कोहलपुर, फागुन १२,

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दैलेखका ६५ वटा विद्यालय छनोटमा परेका छन् ।

भौतिक संरचना जीर्ण बन्दै गएका र प्रत्येक वर्ष शैक्षिक अवस्था खस्किदै गएका बेला शैक्षिक सुधारको लागि दैलेखका ६५ विद्यालय छनोटमा परेका हुन् । चालु आर्थिक वर्षमा सिफारिस गरिएका २ सय ७८ मध्ये ६५ वटा विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेजबहादूर थापाले जानकारी दिए ।

चारकोठे भवन निर्माणको लागि ३६ लाख, दुई कोठेको लागि १ लाख र आईसटी ल्याबको लागि ६ लाख ५० हजार रकम विनियोजन गरेको कार्यालय प्रमुख थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.